२०८१ मा आयोजना भएका महोत्सवहरुमा अत्यधिक व्यस्त हुने कलाकारमध्ये एक हुन् गायिका एलिना चौहान ।गायकतर्फ दुर्गेश थापाले महोत्सवमा एकछत्र राज छ,भने गायिकातर्फ एलिना चौहान, समिक्षा अधिकारी तथा रचना रिमालले प्रायः कुनै पनि महोत्सव छुटाउदैनन् ।
यहि क्रममा गायिका चौहान महोत्वसमा प्रस्तुति दिनका लागि कास्कीको हेमजा पुगेकी छिन् । तर अन्य महोत्सव भन्दा एलिनालाई त्यहाँ गरिएको स्वागत भने आश्चर्यजनक नै थियो । महोत्सवमा प्रस्तुति दिन पुगेकी एलिनालाई आलुको माला लगाएर स्वागत गरेपछि एलिना आफैँ पनि छक्क र दंग परेकी छिन् । कुरा के हो भने १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा पुगेकी एलिनाको स्वागतमा आलुको माला बनाएर लगाइदिएका छन् ।
आफूलाई गरिएको त्यस प्रकारको स्वागतबाट दंग भएर एलिनाले आलुको माला लगाएर मुर्छा पर्ने गरि हाँसेको तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्विर हेर्दा जब एलिनालाई आलुको माला लगाएर स्वागत गरियो, तब उनी आश्चर्यका साथै दंग पनि परेकी थिइन् भन्ने थाहा हुन्छ ।
एलिनाको उक्त पोस्टमा धेरैले लभ रियाक्ट गरेका छन् भने केहिले भने आलुजस्तै गायिकालाई आलुको माला भनेर एलिनालाई गिज्याएका पनि छन् । जे भएता पनि यति बेला एलिनाले पोस्ट गरेको उक्त फोटोले हेमजा आलु महोत्सवको फ्रीमै प्रचार भइरहेको छ ।