काठमाडौँ। तीनकुनेको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं एक त कट्टर राजावादि,उसो त राजकिय शैलिमा राजाकै शानले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा आरामदायी तवरले बसेका छन। प्रसाईंलाई राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ।
हिरासतमा रहेका प्रसाईंलाई तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका बिषयमा कुनै पश्चाताप, कुनै आत्मग्लानी, कुनै पनि किसिमको चिन्ता उनको अनुहारमा देखिन्न। प्रहरीले सरकारी वकिल कार्यालयदेखि अदालत ल्याउने क्रममा क्यामेरा अगाडि मुसुक्क हाँसेर फिल्मि पोज दिएका प्रसाईं हिरासतमा पनि कुनै कसरमा मजाक गर्न छाड्दैनन्। उस्तै शैलीमा हिरासतमा पनि उस्तै तरिकाले हाँसी-मजाक गर्दै बसिरहेका प्रहरीहरु बताउँछन्।
प्रसाईं पक्राउ परेपछि अदालत जाने क्रममा पनि अन्टसन्ट सरकारलाई गाली गरेर हैरान पारेका प्रसाईं अहिले पनि उस्तै लवजमा बस्ने गरेका हिरासतका डिउटमा खटेका प्रहरीहरु बताउँछन्। सुरुमा प्रसाईं पक्राउ परेपछि झापाको चन्द्रगढीस्थित विमानस्थलबाट काठमाडौं ल्याउने क्रममा विमान भित्रैबाट मुसुक्क हाँसेर पोज दिदै फोटो चै खिचाएका थिए र भनेका थिए “प्रधानमन्त्री केपी हजुरबालाई यो फोटो पठाइदिनू”। त्यस्तै अहिलेपनि त्यस्तै किसिमको अभिव्यक्ति दिने गरिरहेका छन्।
उनको यो शैली हिरासतमा यथावत रहेको र स्वभाव कत्ति पनि नबद्लेको प्रहरीहरू बताउँछन्।
आफूलाई भेट्न आउनेहरूसँग प्रसाईंले सरकारलाई भरपुर गाली गर्दै आक्रामक रातोपिरो भएर बोल्ने गरेको ‘सरकार र नेताहरूको निकै खेदो खन्दै अश्लिल किसिमले उनले आलोचना गर्ने गरेको’ बताईएको छ। भेट्न आउनेलाई उही झापाली शैलीमा “हेल्लो हाई” ठट्यौली गर्दै बोल्ने गरेको परिसर स्रोतले बताएको छ।
दुई जनाको ज्यान गएको तीनकुने घटनाका मुख्य कमान्डर प्रसाईंमा यसबारे समेत कुनै प्रकारको चिन्ता नदेखिएको प्रहरी अधिकारीहरू बताउँछन्। उनी जहिले बिन्दास र मजकिया ठाँटमा हुने र सबैलाई हँसाई राख्ने प्रहरीहरु बताउँछन्।
स्रोतका अनुसार उनलाई भेट्न परिवार र आफन्तहरु पनि हिरासत पुगेका छन्।
नियमितजसो आफन्त र परिवारका मान्छेहरू भेट्न हिरासत पुगेका छन् तर पनि राजावादी भनिएका कुनै उच्च तहका नेता अहिलेसम्म प्रसाईंलाई भेट्न आएका भने छैनन्। यही घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महासचिव तथा सांसद डा. धवल शमशेर राणालाई भने भेट्न उनीहरूका शुभचिन्तकदेखि राप्रपाका ठुला ठुला नेताहरू पुग्ने गरेको पाइएको छ। तर प्रसाईंलाई भने कुनै नाम चलेका नेता भनेर चिनिएका नेता भेट्न नआएको परिसरले बताएको छ।
प्रश्न उठ्छ,,,
के दुर्गा पर्साइलाई राजावादि आनदोलनमा प्रयोग मात्र गरिएको हो ?
राजावादी आन्दोलनको बलिको बोको नै भएका हुन् त दुर्गा पर्साइ?
प्रश्न उठ्न सक्ने पाटोहरु धेरै छन् ।
यसैगरि,प्रसाईं हिरासतमा एक्लै नै बस्दै आएका छन्। प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई समेत अलग्गै राखिएको छ। यसबारे, ‘परिसरमा ठूलो हिरासत छ। पहिलाको जस्तो कोचाकोच गरेर राख्नुपर्ने अवस्था छैन। त्यही भएर प्रसाईंलाई छुट्टै राखिएको हो।’ परिसरले रहस्ययुक्त अभिव्यक्ति दिएको छ । तर दुर्गा पर्साइ भने बिन्दास शैलीमा सबै दोष राज्यलाई दिँदै “म त छुटिहाल्छु” भन्दै आफूमा पुरा आत्मविश्वासी देखिन्छन्।
२९ चैतदेखि परिसरको हिरासतमा रहेका प्रसाईंको आज सुरु भएको छ। अहिलेसम्म प्रहरीले उनीमाथि अनुसन्धान गर्ने र सामान्य सोधपुछ मात्रै गरेको थियो। सरकारी वकिल स्रोतका अनुसार प्रसाईंविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ। यसका साथै ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ।बाँकि फैसला अदालतको हातमा छ। सरकारले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन दायर गर्ने निर्णय गरेकाले,स्थिति अझै अनिश्चित नै देखिन्छ ।