प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्नेलाई अपराधीले अहिले घेराबन्दी गरिरहेको आरोप लगाएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । हाम्रै साथीहरुलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ ।
त्यो भ्रममा हाम्रै केही साथीहरु सामेल भएको पाइएको छ । विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन् । त्यसैबेला हाम्रो नेतृत्वले गलत त गरेन भन्ने परेको छ । आलोचनाको तारो भइरहेको छ । आलोचनाको तारो नहुने नेता खोज्नु पर्छ कि ! भन्ने परेको छ’, प्रधानमन्त्री ओलीले भने । उनले आफूले सम्झौता गर्ने हो भने एक महिनामै हाइहाइ हुने बताएका छन् ।
‘जेठ महिनाभित्रै हाइहाइ हुन सकिन्छ । मैले गति छाडें भन्ने हो भने हाइहाइ भइन्छ’, उनले भने, ‘यस्तो हुनुपर्छ नि भन्छन् तर हाम्रो पथ त्यस्तो होइन । हामी महान परिवर्तनको उद्देश्यबाट आएका हौँ । समाजवाद भनेर मात्रै पुगेन अब समृद्ध नेपाल सुखी नेपाली भनेरै बुझाउन पर्छ बता एका छन् ।