काठमाडौं । ललितपुर सिटी एफसीका मिडफिल्डर मणि कुमार लामाले पछिल्लो खेलमा पाएको रेड कार्ड फिर्ता भएको छ ।
आयोजकलाई अपिल गरेपछि उनको कार्ड फिर्ता भएको ललितपुर सिटी एफसीले जानकारी दिएको हो । अब मणि फाइनल खेलमा उपलब्ध हुनेछन् ।
नेपाल सुपर लिगअन्तर्गत क्वालिफायर १ खेलमा धनगढी एफसी विरुद्ध मणिले विवादास्पद रातो कार्ड पाएका थिए ।
क्वालिफायर १ मा धनगढीलाई हराएर ललितपुर फाइनलमा पुगेको थियो ।