काठमाडौं । भारत नियन्त्रित काश्मिर क्षेत्रमा मंगलबार राति भएको आतंककारी हमलामा २६ जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेका छन् । हत्या हुनेमा नेपाली र यूएइका पनि भएको समाचारमा उल्लेख छ ।
अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेका आतंककारीहरुको हमलामा परेर मारिएको घटनामा मृतकको नाम सार्वजनिक गरिएको छैन ।
जम्मु र काश्मिरका मुख्यमन्त्री ओ मार अब्दुल्लाले आतंककारीहरुलाई जनावर उपनाम दिएर खण्डन गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले हत्यारालाई सजाय हुने बताएका छन् ।
आतंककारीले हमला गरेको जम्मु काश्मिर क्षेत्रको पहलगाम हिमालय क्षेत्रको पर्यटन गन्तव्य भएर भारतको स्विट्जरल्याण्डको रुपमा चर्चित छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सन् २०२४ कास्मिर क्षेत्रमा ३५ लाख पर्यटक पुगेका थिए ।