काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ । बिहीबार भएको खेलमा बेंगलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको हो ।
बेंगलुरुले दिएको २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो । यशश्वी जैसवालले ४९ तथा ध्रुव जुरेलले ४७ रन बनाए । नितिश रानाले २८ रन बनाए ।
यसपटक पनि राम्रो सुरुवातका बाबजुद राजस्थानले फिनिसिङ गर्न सकेन । पावरप्लेमा ७२ तथा १० ओभरको समाप्तिमा ११३/३ को अवस्थामा भएपनि त्यसपछि राजस्थानले लय गुमाएको थियो ।
अन्तिम ३ ओभरमा ४० रन आवश्यक रहँदा १८औं ओभरमा २२ रन आएपनि त्यसपछि हेजलवूडले शानदार बलिङ गर्दै १९औं ओभरमा १ रन मात्र दिएर २ विकेट पनि लिएका थिए जहाँबाट बेंगलुरुको जित पक्का भएको थियो ।