झापा । आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटना भएको छ ।
काठमाडौंमा झापा आइरहेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् ।
घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए । सबै आन्दोलनबाट फर्किएका शिक्षक रहेको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । घाइते एक जनाको अवस्था गम्भीर छ ।