प्रमोद आत्रेय,कालिका नगरपालिका वडा नम्बर ६ को मुख्यबजार खोलेसिमल देखि गुराउचौर हुदै कुमालटोल सम्म निर्माण गरिने भनिएको सडकको अवस्था दिनप्रतिदिन दयनिय बन्दै गएको छ। नगरपालिका संग सम्झौता भए अनुसार २०७८ जेष्ठ ५ गते सम्पन्न भैसक्नु पर्ने उक्त सडकखण्ड मा सुरुवाति चरणमा ग्राबेल बिछ्याई रोडर लगाउने कार्य समेत भैसकेको थियो तर तत्पश्चात निर्माण कार्य अघि बढ्नुको सट्टा बाटो नै बेबारिसे बन्न पुगेको छ। दैनिक आवतजावत गर्ने सवारि साधनले धुलो धुवा को दुर्गन्ध फैलाउने कार्य त गर्छ नै साथसाथै दुर्घटनाको जोखिम समेत उच्च रहेको छ।
सडक निर्माणका लागि १ करोड ३१ लाख भन्दा बढि रकम विनियोजन गरियको भएता पनि उक्त रकम हाल सम्म कँहा प्रयोग भयो भन्ने कुराको जानकारी स्थानिय कसै संग रहेको पाईदैन। अनेष्ठ कन्ट्रक्सन प्रा.लि. भरतपुर १० ले निर्माण कार्यको ठेक्का लिई कार्य सम्पन्न गर्न नसके पछि स्थानिय बासि पटक पटक नगर कार्यलय गई उक्त ठेकेदारलाई कारबाहि गरि पाऊ भन्ने माग राख्दा उल्टो दोश्रो पटक सोहि कम्पनिलाई निर्माण कार्यको ठेक्का दिईनुले विषयको गम्भिरता अझ शसंकित तुल्याएको पाईन्छ।हाल न उक्त ठेकेदार कम्पनिले काम सुचारु गरेको छ न सम्बन्धित निकायले नै कारबाहिको दायरामा ल्याउन सकि राखेको छ।
तिव्र जनगुनासो आई सके पश्चात स्थलगत रिपोर्टिङका लागी बुझ्ने क्रममा अब केहि दिनमा सडक निर्माण अघि नबढे स्थानिय आफैले उक्त सडकखण्ड बन्द गरि यातायातनै ठप्प पार्ने चेतावनि समेत दिने गरेका छन्। हाल कार्यबाहक मेयरको रुपमा यस अघिको कालिका नगरपालिका वडा नम्बर ६ मा वडा अध्क्षय रहेका ब्यक्तिनै यति बेला मेयरको रुपमा स्थरउन्नति भयो तर उक्त सडकको स्थर भन्ने जहाको त्यहिँ छ जसको कारण जनता चिन्तामा परेका छन् अब सडकको बारेमा कहाँ गएर कसलाई भनेर निर्माण हुने हो भन्ने जस्ता चिन्ता पालेर बसेका कालिका न.पा ६ का स्थानिय अन्योलतामा रहेको बताउछन। हामी सम्बन्धित निकाय संग केहि दिनमै सत्य तथ्य बुझि वास्तविकता छर्लंग पार्न हाम्रो टिम निरन्तर संवादमै रहने जानकारी समेत गराउन चाहन्छौ।