अहिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच विवाद चुलिदै आएको छ । पछिल्लो समय एक विवादमा दुवै मेयर उप मेयर तानिरहेका छन् । खास विवादको इतिहास भने लामो छ ,इतिहासको अन्त्यमा बर्तमान स्थितिको नाडी छाम्ने हो भने,उक्त इतिहासको प्रभावबाट नै अहिलेको मुटावको सृजना भएको मान्न सकिन्छ।
कुरा के हो भने, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले युथ सेलिब्रेसन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै ‘स्टन्ट गरेर देश बन्छ ?’भनेर सामाजिक संजालमा होहल्ला र अराजक भएको भनेर बालेनलाई चर्को जवाफ दिएकि थिइन् ।
उक्त कार्यक्रमा डंगोलले अधिकांस समय महानगरपालिकाका मेयर बालेन शाह लक्षित टिप्पणी गरेकी थिइन् । उनले ‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ । तर, स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्छ ? देश बनाउने हो भने स्टन्ट गर्ने होइन, देश बन्न योजनारुप काम गर्नु पर्छ, त्यसैले काम गर्ने युवा बनौं ।’ भनेर उनले सोझै बालेंनमाथि कटाक्ष गर्दै बाण चलाएकी थिइन् ।
डंगोलले आफूमाथि चौतर्फी आक्रमण भएको बताइएकि थिइन् । पछिल्लो समयमा डंगोलले आफूलाई मेयर बालेन शाह समर्थक यानिकी साइबर सेनाले आक्रमण गरेको दाबी गरेकी थिइन् ।
उनले एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ,’ एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ । त्यसकारण मलाई एमाले मन पर्छ ।’भन्दै उनले एमालेको कहिलै नथाक्ने गरि प्रशंसा गरेकी थिईन । यत्ति बोल्दा उनीमाथि बालेंनका साइबर सेना भनिने समर्थकहरु खनिन थालेका हुन् । भने एमाले समर्थकहरुले ठिक बोलेको हो भनेर स्याबासि पनि दिए भने, यत्ति नभने अर्कोचोटी केपी ओलीले टिकट नदिने भनेर उनको मेम् सम्म बनाए ।
यतिबेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरी चर्चामा छन् । उनले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई आरोप लगाएका थिए ।
सामाजिक सञ्जाल फेसबुक स्टाटसबाट शाहले अघिल्ला प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया नपुग्ने भनेर फिर्ता पठाएको नक्सा पासको फाइल गुरागाईँले हाजिर भएको दोस्रो दिनमै आधिकारिक प्रणाली प्रयोग नगरी सदर गरेको दाबी गरेका थिए । ‘ विभागीय प्रमुखलाई समेत थाहा नदिई नक्सा पास गरिदिनु पर्ने कारण के थियो ? भनेर समेत प्रश्न गरेका थिए । यस बिषयमा सुनिता डंगोल ले यसरि कोहि माथि आरोप लगाउन नमिल्ने भनेर बालेनसङ्ग चिढिएकि थिइन्।
यो त भयो, मेयर र उपमेयरको आरोप युक्त पछिल्लो अभिव्यक्तिको चर्चा, यसको सिलसिला भने शृंखलाबद्द र लामो छ ।
यसको इतिहास हेर्ने हो भने, सुनिता र बालेनबीच समन्वय अभाव झल्किने खालका घटना यसअघि पनि नदेखिएको भने होइन । पहिले देखि नै मेयर र उपमेयरको खटपट महसुस गर्न सकिन्थ्यो, दुवै जना चुपचाप बसेकाले यो सतहमा नआएको मात्र हो ।
जस्तो कि अवैध -संरचना हटाउने भन्दै बालेन डोजरसँगै फिल्डमा देखिँदा सुनिता चुपचाप बसेकी थिइन् ।
-चुनाव जितेकै वर्ष थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटलको अवैध संरचना हटाउन वडाध्यक्षसहित बालेनले नर्भिक पुगेर ताकेता गर्दा सुनिता देखिएकि थिइनन । तर बालेनको प्रयासलाई पछि अदालतले रोकेको थियो ।
-त्यही वर्ष भदौमा नयाँ बानेश्वरआसपासका भवनका अवैध संरचना अनि पार्किङका लागि भनेर व्यवसाय गरिएको अन्डरग्राउन्ड खाली गराउन मेयर बालेन आफैँ फिल्डमा निस्किँदा पनि उपमेयर सुनिता थिइनन् ।
-नयाँ बानेश्वरको अल्फाबिटा भवनको अन्डरग्राउन्ड पार्किङ खाली गराउने विषयमा मेयर बालेन र अल्फबिटाका सञ्चालकबीच भनाभन भएको भिडियो सोसल मिडियामा भाइरल नै बनेको थियो । नोकझोँकपछि महानगर फर्केका बालेन अल्फाबिटाको नक्सा र डोजरसहित नयाँ बानेश्वर पुगेर अतिक्रमित संरचना भत्काएका थिए । त्यहाँ पनि सुनिता देखिइनन् ।
यी सबै घटनामा बालेनसँग नदेखिएकी उपमेयर कुनै टिप्पणीसमेत नगरी चुपचाप बसेकी थिइन् । यसलाई कतिले मौन समर्थनकै रूपमा बुझे भने कतिपयले मेयरको एक्सनमा उपमेयरले साथ नदिएको भनेर खासखुस आलोचना गरे । बालेनलाई साथ नदिएको भनेर प्रचार भएपछि सुनिताले अनधिकृत संरचना भत्काउने र अन्डरग्राउन्ड पार्किङ खाली गर्ने कदममा आफ्नो साथ रहेको प्रस्टीकरण सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।
अहिलेचाहिँ सुनितानिकटहरू के भन्छन् भने, कतिपय घटनामा मेयरको प्रक्रिया र शैलीलाई लिएर उनी पहिल्यैदेखि सन्तुष्ट थिइनन् । नकारात्मक सन्देश नजाओस् भनेर मात्रै उनी मौन बसेकी थिइन् । सन्तुष्ट हुँदा फोहोर व्यवस्थापनको प्रयासमा उनी मेयरसँगसँगै फिल्डमा देखिएकी थिइन् । बञ्चरेडाँडावासी आक्रोशित भएको बेला वार्ताका लागि बालेनसँगै सुनिता पनि फ्रन्टलाइनमा उभिएकी थिइन् ।
२०८० सालभरि दुई जनाबीच तुष देखिने कुनै घटना, परिघटना देखिएन दुवै चुप छाप देखिन्थे । २०८१ सालसम्म आइपुग्दा भने मेयर र उपमेयरबीच सुरुदेखि नै खटपट छताछुल्ल हुदै आएको छ ।
मेयर बालेन र नेकपा एमालेबीचको ‘शीतयुद्धु पहिले देखि नै चलेको हो । आफ्ना योजनाहरुमा एमाले बाधक बनेर रोक्ने गरेको बालेन ठान्छन् । उदाहरणका लागि अल्फाबिटाको विवादमा एमाले नेता महेश बस्नेत प्रतिवादमा उत्रनुलाई एमाले र बालेन को कुण्डली खास ठिक थिएन भनेर मुल्यांकन गर्न सकिन्छ। न्युरोडमा फुटपाथ बढाउने योजनामा पनि एमालेबाट निर्वाचित वडाध्यक्षदेखि पूर्वसांसद, मन्त्रीसम्मले साथ नदिएको भनेर बालेन धेरै आक्रोशित बनेका थिए ।
खासगरी २०८१ साल यता घटनाहरुको नाडी छाम्दा बालेन पनि सक्नेजति बल लगाएर एमालेमाथि निरन्तर आक्रमणमा उत्रिएका देखिन्छ । एमालेले पनि बालेनलाई गलाउन भित्रभित्र ठूलै बल र रणनीति लगाइरहेको छ ।
उपमेयर सुनिता डंगोलले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको अनुकुलमा काम गर्ने, पछिल्लो समय एमालेको गुनगान गाउनु ,मेयरको आलोचना गर्नु अर्थ पूर्ण त हैन तर कतिपयले यसलाई २०८४ सालको चुनावका लागि सुनिताले स्पेस बनाउँदै र बढाउँदै लगेको होकी भन्छन । एमालेले पनि बालेनको बोलि बाण आक्रमणको जवाफ दिने महत्त्वपूर्ण अस्त्रका रूपमा सुनितालाई नै प्रमुख हतियार मानेको छ ।
सुरुको मनस्थिति अनुसार ‘मिस नेवा–२०११ु की विजेतासमेत रहेकी सुनिता काठमाडौंको मेयरमै लड्ने तयारीमा थिइन् । कुनै दलले टिकट दिए त्यसबाट, नभए स्वतन्त्रै लड्ने उनको चाहना थियो । अन्तिममा एमाले अध्यक्ष ओलीले आफ्नो निवास बालकोट बोलाएर उपमेयरमा प्रस्ताव गरेपछि उनी सहमत भएकी थिइन् ।
दोहोर्याई–तेहर्याई, घुमाई–घुमाई सधैँ उस्तै र उही पात्र ल्याउने प्रमुख दलको हालत २०७९ को चुनावमा बालेन लहरले खराब गरिदिएको थियो । दलविरुद्धको त्यस्तो कठोर महोलमा पनि एमालेबाट सुनिताले जित्नु साच्चै जित निकै चुनौतिपूर्ण नै थियो । एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३८ हजार मत मात्रै पाएर पराजित हुँदा उपमेयर उम्मेदवार सुनिताले ६८ हजार ६१२ मत ल्याएकी थिइन् । जुन मेयरमा बालेनले प्राप्त गरेको भन्दा झण्डै ७ हजारले ज्यादा हो । त्यसैले आगामी चुनावमा सुनिताले मेयरमा दाबी गर्न सक्छिन् । बितेको चुनावमा लोकप्रिय मत पाएकी, काठमाडौंको रैथाने नेवार समुदायकी छोरी, पढेलेखेकी अनि निर्वाचित भएपछि देखाएको समन्वयकारी भूमिकाले पनि काठमाडौं महानगरको आगामी मेयरका लागि एमालेबाट उनी निर्विकल्पजस्तो पनि देखिन्छिन् ।
यता काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह साउथ इण्डियन फिल्मको हिरोभन्दा कम छैनन् । उनले केहि बोल्यो कि सामाजिक सञ्जालमा उनका पक्षमा तैनाथ हुने मान्छेको जमात ठुलै संख्यामा भेटिन्छन् ।
२०७९ जेठ १२ गते बालेन काठमाडौँको मेयरमा निर्वाचित भएका बालेनले काठमाडौँका मेयरका रुपमा उनले पृथक तारिकाले नयाँ गर्न खोजेका हुन् । उनको फुटपाथ व्यवस्थित गर्ने उनको प्रशंसनिय नै छ। तर फुटपाथ बनाउँदै गर्दा कैयन मान्छेले काठमाडौँबाट विस्थापित हुने स्थिति आयो यो भने उनको देखेर पनि बुझ पचाईएको पाटो हो । बाटोमा मकै पोल्नेदेखि कवाडीखानाको पनि तहस नाहास गरेका बालेन एक पाटो बाट खलनायकमा अम्रिस पुरि भन्दा कम छैनन् । ‘गरिबीको चमेली बोल्दिने कोही छैन’ गीत गाएका उनीमाथि गरिबमाथि अन्याय गर्ने घमण्डि गरिबको दुश्मन भन्ने आरोप प्रशस्त लाग्ने गरेको छ ।
महानगर व्यवस्थित गर्न भन्दै अन्धाधुन्ध कैयन संरचना भत्काएर उनले अझै बनाउन सकेका छैनन् । आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले चेक गरेको देखि महानगरको कर्मचारीले तलब नपाएको कारण देखाउँदै उनले कहिले सिंहदरबारमा आगो लगाउने तर कहिले टुकुचामा नेताहरुलाई गाड्ने प्रतिक्रिया उनि दिइरहन्छन् । प्राय उनको प्रतिक्रिया शुक्रबार आउने हुनाले अधिकांशले बियर खाएर र गाँजाको तालमा स्टाट्स लेख्ने भन्दै आलोचनात्मक टिकाटिप्पणी भैरहन्छ ।
भविष्यमा राम्रो नेताको रुपमा हेरिएको बालेनको क्रेज विस्तारै–विस्तारै घट्दै गएको हो कि भन्ने कतै कतै महसुस गर्न सकिन्छ। पछिल्लो समय धैर्य नभएको, आफ्नो आलोचना सुन्न नसक्नेका रुपमा उनी परिचित हुँदै गएका भने छन् । बालेनबाट निरंकुश शासकको गन्ध आउँन थालेको गाइगुई टिप्पणी समेत हुन थालेको छ ।
अन्तत बालेन र सुनिता दुवैको लोकप्रियता सगरमाथा मै छ । एक्लो आएका बालेन उद्यमशीलता र सीपयुक्त सिकाइमा जोड दिएर एकोहोरो काम गरिरहेका छन् । यस्ता सिर्जनशील काममा सँगै देखिएर सुनिताले सहकार्य गरेकी हुन् । चुनावअगाडि सुनिताले आफूबारे गरेको टिप्पणीको जवाफबाहेक अहिलेसम्म बालेनले जवाफ फर्काएको सुनिएको छैन । झट्ट चोटिलो जवाफको झटारो हान्ने बालेन सुनिताको बिषयमा भने चुक्क केहि बोलेका छैंनन । अबको बालेन सुनिताको रणनिति कस्तो होला ? हेनै बाकी छ ।….