काठमाडौं। राजसंस्था पुनर्स्थापनाको पक्षमा आज काठमाडौंमा आयोजना हुन लागेको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा सँगै सहभागी हुने भएका छन् ।
काठमाडौंको शान्तिवाटीकामा कमल थापा नेतृत्वको राप्रपा नेपालले सभा आयोजना गरेको छ । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष लिङ्देनलाई पनि बोलाइएको छ ।
अध्यक्ष लिङ्देनले कार्यक्रममा सहभागी हुने बताए । ‘म अतिथिको रुपमा बोल्न जान्छु,’ उनले भने ।
कमल थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । राप्रपाको अध्यक्ष लिङ्देन निर्वाचित भएपछि कमल थापाले नयाँ पार्टी खोलेका थिए ।
लिङ्देनसँग पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए । ‘राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस्’ भनेर उनी राप्रपाबाट अलग भएका थिए ।