प्रमोद आत्रेय, चितवन,रास्वपा का सभासद माननिय श्री डा. ढाका कुमार श्रेष्ठ द्वारा रामनगर खानेपानी मुहानको अनुगमन तथा स्थलगत अध्ययन अनुगमन गर्नुका साथै रु ५० हजार आर्थिक सहयोग समेत गर्नु भएको छ। भरतपुर रामनगर बासि संगै उपस्थित हुनुभएका माननिय बाट खानेपानी योजना सम्पन्न गर्न का लागी आवश्यक सहयोग गर्ने प्रतिबद्दता समेत जाहेर गर्नु भएको छ। पार्टि सभापति तथा निवर्तमान गृह मन्त्रि रबि लामिछानेले गत संसदिय निर्वाचनमा निर्वाचित भए लगत्तै उक्त खानेपानि सर्वसाधरणका लागि उपलब्ध गराई छाड्ने वाचा गर्नु भएको थियो।
स्थानिय बासि लगायत देशभरका शुभचिन्तकहरु बाट निरन्तर श्रमदान हुदै आएको सो खानेपानि आयोजना लाई माननिय श्रि ढाकाराम श्रेष्ठ समेतले चासोका रुपमा हेर्नु भएको छ। यथा सक्य चाडो खानेपानिको काकाकुल अवस्थालाई निस्तेज पार्नु पर्ने धाराणा समेत उँहाले व्यक्त गर्नु भएको छ। उक्त खानेपानि आयोजना सफल हुन सके रामनगर लगायत ठिमुरा, जुगेडि, भतेरी, देवघाट बासि समेत लाभान्वित हुने देखिन्छ।