प्रमोद आत्रेय, चितवन,राष्ट्रिय स्वतन्त्र पार्टी- कावासोति नगरपालिका नवलपुरको नगरभेला सम्पन्न भएको छ। संघीय सांसद माननिय डा. ढाका कुमार श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलाको बिशेष अतिथीमा बागमती प्रदेश महामन्त्री जिता बरालको उपस्थिती रहेको थियो। गण्डति प्रदेशका सभापति राजन गौतमको सभापतित्वमा सम्पन्न उक्त भेलाबाट नगर सभापतिमा मोहन बस्नेत, उपसभापतिमा रिता पोख्रेल , सचिबमा गोबिन्द शर्मा लाई पार्टिको जिम्मेबारी समेत प्रदान गरिएको छ।
रास्वपा प्रति आस्था राख्ने सम्पुर्ण शुभचिन्तक तथा सदस्य साथीहरुको संयुक्त उपस्थिती मा आयोजना गरियको उक्त कार्यक्रमका प्रमुख अतिथी माननिय ढाका कुमार श्रेष्ठ ज्यु ले पार्टिको भाबि रणनिती तथा कार्यक्रमका बारेमा आफ्नो मन्तव्य राख्नु भएको जानकारी समेत गण्डकि प्रदेश सभापति राजन गौतमले दिनु भयो।