प्रमोद आत्रेय,चितवन क्षेत्र नम्बर १ का रास्वपा बाट प्रत्यक्ष निर्वाचित सांसद माननिय हरि ढकाल ज्यु ले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरि नविन योजना अघि सारेका छन्। चितवन क्षेत्र न १ अन्तर्गत पुर्वि चितवनको रत्ननगर, खैरहनि, राप्ति नगरपालिका पर्दछन्। आफ्नो सामाजिक संजाल मार्फत सो कार्य योजनाका बारेमा सार्वजनिक गर्दै माननिय ढकाल भन्नु हुन्छ “ भोलि चैत्र ०९ गते चितवन आउदै छु।
अब देखि “एक दिन एउटा वडा” भन्ने नारा सहित एउटा नयाँ तरिकाले यहाँहरुको घरदैलोमा उपस्थिति हुने योजना बनाएका छौँ। आशा छ यहाँहरुको साथ समर्थन रहनेछ। जुन दिन जुन वडामा हुन्छौं उक्त दिन समयले साथ दिए सम्म उक्त वडाको सम्पूर्ण संघसस्थाहरु जस्तै; वडा कार्यालय, स्कुल, कलेज, सहकारी, वन समिती, खानेपानी, टोलसुधार, आमा समूह, आदि भ्रमण गर्ने, सम्बन्धित पक्ष संग छलफल र अन्तरक्रिया गर्ने, गुनासाहरु सुन्ने र सुझाबहरु लिने अनि सम्बन्धित ठाउँबाट सम्बोधन गर्न पहल गर्ने लगाएतका कामहरु गर्नेछौं । र बाकी समय आफ्नै सम्पर्क कार्यालयमा रहनेछौ।
सो अभियान अन्तर्गत तय भएको कार्यक्रम:
चैत ०९ गते ०२ बजे पछाडि: सम्पर्क कार्यालय खैरहनी
चैत ११ गते शनिबार : खैरहनी नगरपालिका वडा न. ०१
मा रहने , १० गते उक्त वडाका सम्बन्धित संघसस्थाहरुले सचिबालय संग सम्पर्क गरि आवश्यक कार्यक्रमको तालिका बनाउन समेत अनुरोध गरेका छन्।
हेल्लो हरि: ९७६५२००२०० लाई अझ प्रभावकारि बनाउदै लैजाने तथा नियमित रुपमा स्थानियको जनजिवन संग साक्षात्कार भैरहने कार्य अन्तर्गत माननिय हरि ढकाल पछिल्लो समय राप्ति नगरपालिका को विकट गाऊ कान्दा पुगि विद्यार्थि को खाजामा भएको चरम अनियमितताको बारेमा समेत आवाज उठाई सकेका छन्।