राष्ट्रिय स्वतन्त्र पार्टि ले धादिङमा आयोजना गरेको नगर भेला कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिका उपसभापति तथा पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले रास्वपा चुनावका लागि गठबन्धनमा जानु नपर्ने बताउनु भएको छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टि भित्रै पार्टी सरकारमा जाने बिषयलाई लिएर आलोचना समेत बढिरहेको केही बैठकहरुमा स्वतन्त्र पार्टिका सांसदहरुविचमै विवाद बढेर पार्टी फोड्ने सम्मका छलफल भएको प्रारम्भिक समाचार बाहिरिएका बेला सभापतिले जनताको विश्वाश रहेको पार्टिले गठबन्धन नगरि जित्ने दावि गर्नु भएको छ ।
शिक्षा स्वास्थ्य र रोजगारिका चुनावी एजेण्डा लिएर अरु दलले जनता झुक्काउने गरे पनि आफुहरु त्यस्ता कामको पछाडी नलाग्ने उहाँले बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टि यस्ता सामान्य विषयलाई चुनावि एजेण्डा नबनाउने र सरकार बनाउनका लागि चौथो ठुलो दलले साथ नदिए सरकार स्थिरता तिर जाने भएकाले सरकारमा जान लागेको बताउनु भएको छ । देशले टेक्नोलोजिमा फड्को मारिसक्दा दलका नेताले झोलुङ्गे पुलको आश्वासन दिएर सत्ताको मोह नत्यागेको र यसको अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टिको जन्म भएको बताउनु भयो ।
चराले आफ्नो पँखेटालाई विश्वाश गरेर उडे झै स्वतन्त्र पार्टीलाई जनताले विश्वाश गरिदिन पनि आग्रह गर्नु भएको छ । आफ्नो गृह जिल्ला पुग्नु भएका उपसभापतिले यस क्षेत्रमा भएका समस्या समाधान गर्नका लागि आफ्नो समर्थन रहने र अन्य क्षेत्रमा रहेका विसंगतिःाई लिएर जुन पार्टीको व्यक्ति आए पनि आफु लागिपर्ने समेत बताउनु भयो भने कुनै पनि समस्या समाधानका लागि सहयोग गर्न हरपल तयार रहेको बताउनु भएको छ ।
अप्सरा धमला