काठमाडौँ । विश्व सुसमाचार समाज परमेश्वरको मण्डली ले आयोजना गरेको सरसफाई कार्यक्रम प्रतिनिधि सभा उपसभामुख श्री इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा आज सोमबार सम्पन्न भएको छ । विश्व सुसमाचार समाज परमेश्वरको मण्डली एक धार्मिक संगठन हो । यसले स्वेच्छिक सेवा, सामाजिक कार्यहरु, सामाजिक सेवाहरु, स्वास्थ्य तथा सरसफाईका साथै समाज सुधारका कार्यहरु गर्दै आएको छ ।
यस संस्थाका विश्वविद्यालयका विद्यार्थिहरुको संगठन आसेजका तर्फबाट आसन्न विश्व वातावरण दिवस जुन ५ र विश्व समुन्द्र दिवस जुन ८ लाई लक्षित गरि जेठ २९ गते एबीसी अभियान अन्तर्गतको ब्लु कार्बन सप्ताह तोकेर ब्लु कार्बन सम्बन्धि जनचेतना अभियान र सरसफाई गर्ने साथै यसको पारिस्थितिक प्रणालीलाई समुन्द्री संरक्षित क्षेत्रको रुपमा निर्माण गर्ने कार्यक्रमका निम्ति पार्क क्षेत्रलाई प्राथमिकतामा चएन गरिएको थियो । उक्त छनोटमा यूएन पार्क परेको थियो । पार्क क्षेत्र र पर्यावरणलाई स्वच्छ, सफा, सुन्दर र हराभरा बनाईराख्न साथै समुन्नत टोल, क्षेत्र, समाज तथा राष्ट्र निर्माण गर्ने अभियानमा विश्वविद्यालयका विद्यार्थिहरुलाई थप उर्जा प्रदान हुने र हौसला बढ्ने भएकाले प्रमुख आतिथ्यका रुपमा सभामुख इन्दिरा राना मगरको उपस्थिति रहेको हो ।
उक्त सरसफाई कार्यक्रम निकै नै प्रभावकारी रुपमा सम्मपन्न भएको छ । वातावरण सरसफाई राख्ने र बोटविरुवाहरुको संरक्षण तथा रोपणले जलवायु परिवर्तनलाई थोरै हदसम्म भएपनि कम गर्न सकिने रानाको भनाई छ । जलवायु परिवर्तनको सवैभन्दा ठुलो असर नेपालमा देखिएकाले सबैले आफ्नो तर्फबाट यसको न्युनिकरणमा सहयोग गर्न र वोटविरुवाहरुको संरक्षणमा उहाँले विशेष जोड दिनु भएको छ ।