काठमाडौंको बिभिन्ना ठाउँ समेत डुबानमा परेका छन् गए रति देखि परेको वर्षाका कारण बागमती विष्णुमति धोबीखोला लगाएत विभिन्न ठाउँमा आएको बाडी ले धेरै ठाउँ मा डुबान भएको छ कालिमाटी तरकारी बजार र खोला छेउमा रहेका बस्तीहरु पुरै डुबानमा परेका छन्
अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन् । नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन् ।
काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड आज बिहानैबाट बन्द भएको थियो ।
https://youtu.be/I4DLbfzOzVM
कालिगण्डकी करिडोर अहिले अवरुद्ध भएको छ । यस करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोले सडक अवरुद्ध बनाएको छ । सिद्धार्थ राजमार्ग समेत अहिले एकतर्फी मात्र सञ्चालनमा छ । तिनहुँ गाँउपालिका पाल्पाको ड्याम साइडमा गएको पहिरोले यो सडक खण्ड प्रभावित बनेको हो । भिमदत्त राजमार्ग अहिले अवरुद्ध छ ।
कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला र चुरे गाउँपालिकाको गोपालेमा गएको पहिरोले यो सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । प्यूठानको भालुवाङ सडक खण्ड भने अवरुद्ध भएको छ । यसको माण्डवी गाउँपालिका १ को गर्जेनी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।
मकवानपुरको कान्ती लोकपथ समेत अवरुद्ध भएको छ । यस जिल्लाको बकैयास्थित लामराङमा पहिरोले बाटो अवरुद्ध बनेको हो । नुवाकोटको पासाङल्हामु राजमार्ग समेत अवरुद्ध भएको छ । यस जिल्लाको कककी निगालेमा गएको पहिरोले सडक अवरुद्ध बनाएको नेपाल प्रहरीले जनाएको छ ।