काठमाडौँ – नेकपा माओवादीले १८ वर्ष उमेर पुगेकालाई मात्र पार्टीको सदस्यता दिने भएको छ ।
त्यसभन्दा कम उमेर भएकालाई पार्टीले सदस्यता नदिने भएको हो ।
माओवादीको राजधानीमा जारी विधान अधिवेशनले पार्टीको साधारण सदस्यता र संगठित सदस्यता १८ वर्ष पुगेपछि मात्रै दिने निष्कर्ष निस्किएको एक नेताले जानकारी दिए ।