काठमाडौँ – प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछ्ने र एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजकोको बैठकमा एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी देखाएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्रीको सग्लनताको कारण घटना भएको भन्ने प्रतिवेदन देखाउदै बर्तौलाले फागुन ४ मा बुझाइएको प्रतिवेदनअनुसार बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न माग गरिएको हो ।
पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच झडप हुँदा दुई जना युवा वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो ।
सॊहि घटनालाई रास्वापाले पनि उक्त घटना मन्त्री ज्वालाको कारण भएको र उनलाई कारबाही गर्नु पर्ने माग गरेका छन्। प्रमाण भएर पनि कारबाही नभएको र शुसासनले कुनै पनि काम नगरेको बताएका छन्।