काठमाडौँ -प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको छानबिन गर्दा आफूलाई कुर्सी हल्लिने डर नभएको भन्दै गर्जिएका छन् ।
रास्वपा सांसद गणेश पराजुलीले गरेका प्रश्नमा प्रधानमन्त्री प्रचण्डले आफूलाई सरकार हट्ला कि भन्ने डर नभएको र आफ्नो ध्यान सुशासन कायम गर्नेमा केन्द्रित रहेको बताएका छन् ।आज भएको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन्।
नक्कली भूटानी प्रकरण, ललिता निवास लगाएतका प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान गरेको उनको भनाइ छ । भारतीय दूतावासलाई २० करोडसम्मको आयोजनामा सोझै लगानी गर्ने विषयमा यससम्बन्धी आयोजना प्रदेश र स्थानीय तहबाट प्राप्त आयोजना मागको आधारमा सम्बन्धित मन्त्रालयले सिफारिस र प्राथमिकीकरण गरेरमात्र भारत सरकारमा पठाइने जिकिर गरे ।