काठमाडौँ – नेपालका लागि यूरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले आज रास्वपाका सभापति रवि लामिछानेसँग भेट वार्ता भएको छ।
रास्वपाको पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हिजो भएको भेटवार्तामा नेपाल र ईयूको पचास वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्ने विषयमा छलफल भएको रास्वापाका प्रवक्ताले जानकारी दिए।
सभापति लामिछानेले पर्यटन प्रवद्र्धनका लागि ईयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिष्ट’बाट हटाउन पहलको लागि अनुरोध गरे। प्रतिउत्तरमा राजदूत लोरेन्जोले नेपालले हवाई सुरक्षाका लागि दीर्घकालिन योजना बनाउन आवश्यक रहेको बताएका हुन् ।
भेटवार्तामा सभापति लामिछानेले उर्जा, आइटीजस्ता क्षेत्रमा नेपालका लागि विदेशी लगानी र प्राविधिक सहयोग आवश्यक रहेको र त्यसमा ईयूले अझै सकारात्मक योगदान दिने अपेक्षा समेत राखेका छन् ।