काठमाडौं- नेकपा एमालेले दुई मन्त्रीको बर्खास्तको माग गर्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा एमालेले छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न गरेको हो । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतलाई बरखास्त गर्नुपर्ने माग राख्दै आएको छ ।
आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन्,’ विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् ।